राष्ट्रिय इञ्जिनीयर सम्मेलन : स्मार्ट पूर्वाधारका विषयमा छलफल हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १७, २०७६ आइतबार २:३८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/engineering-career_Ubmjfm89jC.jpg)
१७ फागुन काठमाडौं । ‘स्मार्ट’ पूर्वाधार निर्माणमा सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आगामी साता राजधानीमा १६औँ राष्ट्रिय इञ्जिनीयर सम्मेलन हुँदैछ ।
नेपाल इञ्जिनीयर्स एशोसिएशनको आयोजनामा हुने सो सम्मेलनले इञ्जिनीयरहरुका बीचमा छलफल गरेर पूर्वाधारको आवश्यकता पहिल्याउनेछ । समृद्ध मुलुक निर्माणका लागि आवश्यक पर्ने नीति, योजना निर्माण गर्न सम्मलेनमार्फत सरकारलाई सुझाव दिइने एशोसिएशनका उपमहासचिव कपिल आचार्यले जानकारी दिए।
स्वदेश तथा विदेशका झण्डै दुई हजार इञ्जिनीयर सहभागी हुने सो सम्मेलनमा ‘टेक्नो–इकोनोमी’ सत्रमा ‘राष्ट्रिय समृद्धिका लागि ‘स्मार्ट’ पूर्वाधार : नीति, योजना र कार्यान्वयन’ विषयमा बृहत् छलफल हुनेछ । उक्त सत्रको मुख्य वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई रहेका छन् ।
सम्मेलनका क्रममा समृद्ध मुलुक निर्माणमा कस्तो पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा छलफल हुने उपमहासचिव आचार्यले जानकारी दिए । यही फागुन २१ देखि २३ सम्म हुने सो सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनको सन्दर्भ पारेर आज एशोसिएशनले म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्घाटन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इञ्जिनीयरहरुको भूमिका अतुलनीय रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार