बदर मत न्यूनीकरण गर्न छात्रछात्रालाई निर्वाचन शिक्षा
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार १५:२४:५२
१८ फागुन खोटाङ । निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ ।
मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम शुरु गरिएको हो । जिल्ला निर्वाचन कार्यालय खोटाङको आयोजनामा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई सहभागीता रहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित सरस्वती नमूना माविबाट शुरु गरिएको विद्यालयस्तरीय निर्वाचन शिक्षा विशेष कार्यक्रम जिल्लाका सबै स्थानीय तहका विद्यालयमा पु¥याइने जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिए। छात्रछात्रा मार्फतको निर्वाचन शिक्षाले बदरमत घटाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ ।
हालसम्म पञ्च मावि दिक्तेल, कालिका मावि नेर्पा, श्रीमावि बाँसबोटे, भगवती दिनानाथ मावि खोटाङबजारलगायतका विद्यालयमा निर्वाचन शिक्षा सञ्चालन भइसकेको उनले बताए । आगामी चैत ७ गतेदेखि सबै वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । छ समूह निर्माण गरेर जिल्लाका ७९ वटै वडामा सञ्चालन गरिने फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन अधिकारी राईले जानकारी दिए।
पछिल्लो जनगणनाअनुसार दुई लाख पाँच हजार २२५ जनसङ्ख्या रहेको जिल्लामा विसं २०७४ मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एक लाख २५ हजार मतदाता रहेका थिए । त्यसयता थपिएका मतदाताको सङ्ख्या रुजु गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार