विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार १८:५५:२२
१९ फागुन, झापा । क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन् । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले विकल्प दिएर मात्र संरचना हटाउन माग गरे ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको स्पष्ट पारे। अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहेका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पारेका छन् ।
यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन माग गरेका छन् । आफूहरु वर्षौदेखि त्यहाँ बस्दै आएको भन्दै उनीहरुले विकासको नाममा अवरोध नरहने स्पष्ट पारेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेशन गठन
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा फाउन्डेशन गठन गरिएको छ । आज दमकमा सम्पन्न भेलाले कोइरालाको योगदानलाई स्मरण गराउने उद्देश्यले बुद्धिराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय फाउन्डेशनको जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ । गठित समितिको उपाध्यक्षमा राजकुमार गौतम र दीपक काफ्ले, सचिवमा श्यामकुमार लम्साल, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्षमा नेत्र पौडेल रहेका छन् । यसैगरी सदस्यमा आशा शर्मा शिवाकोटी, ज्ञानु न्यौपाने, हस्त परियार, बालकृष्ण थपलिया, पदम प्रर्साइं, भूमि राजवंशी, शर्मिला अधिकारी, ज्ञानेन्द्र खत्री, घनेन्द्र सुब्बा, प्रकाश भण्डारी, जगनाथ आचार्य र टङ्क दुलाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार