ओलीको शल्यक्रिया गर्न भारतबाट दुई चिकित्सक आउँदै
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २०:९:५४
१९ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न भारतबाट समेत दुईजना वरिष्ठ शल्य चिकित्सक बोलाइने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिने शल्यक्रियामा नेपाली चिकित्सक नै मुख्य रहने बताइएपनि अन्ततः भारतबाट समेत डाक्टर बोलाइन लागेको हो । शिक्षण अस्पतालका प्रा. डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले नै शल्यक्रिया गर्ने भएपनि ब्याकअपका लागि भारतबाट दुईजना वरिष्ठ चिकित्सक बोलाइएको हो । ती यसअघि एपोलो अस्पतालमा ओलीको मृगौला प्रत्यारोपण गर्ने डाक्टरहरु नै रहेको बताइएको छ ।
पर्सि बुधबार गरिने शल्यक्रियाका लागि तयारी भन्दै प्रधानमन्त्री ओली आजबाटै अस्पताल भर्ना हुँदैछन् । नातामा भाञ्जी पर्ने ३२ बर्षीया महिलाले ओलीलाई मृगौला दान गर्ने भएकी छन् ।
अपरान्ह मन्त्रिपरिषद बैठक सकेर प्रधानमन्त्री ओली साँझ त्रिवि अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् । भारतबाट आउने चिकित्सकको नाम नखुलाइए पनि अस्पतालले विशेषज्ञ चिकित्सक नै आउने जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार