राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २०:३७:३०
१९ फागुन काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ ।
राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल रेडक्रस तथा राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिलगायत २१ अधिकृतको उक्त कक्षामा सहभागिता छ ।
कक्षाको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको प्रवद्र्धनका लागि नीतिनिर्माण तहमा रहने र कार्यान्वयन गर्नेबीच वर्तमान र भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण, अनुभव आदान–प्रदान गरी समान बुझाइ र साझा धारणा बनाउन कक्षा सहज हुने बताए ।
मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने सुरक्षाको बहुआयामिक महत्वबारे ज्ञान आदान–प्रदान र बुझ्न सहज हुने बताउँदै उनले कक्षामा प्राप्त ज्ञानबाट विपद्का समयमा सरोकारपक्षबीच सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गरे ।
रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित पाँचौँ शृङ्खलाको उक्त कक्षामा सुरक्षा नीतिअन्तर्गत सार्वजनिक र निजी मूल्यमान्यता, राष्ट्रिय सम्मान र गौरव, जीउधन एवं सामाजिक–सांस्कृतिक मूल्यमान्यताको सुरक्षा र संरक्षणका विषयमा पनि ज्ञान दिइनेछ ।
राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा देशको पूर्ण सुरक्षालाई बुझाउने र त्यसले मुलुकको अर्थतन्त्र, न्याय र समृद्धिमा विशिष्ट योगदान पु¥याउन सक्ने पाटोबारे कक्षामा विश्लेषण गरिने बताइएको छ ।
रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले विश्वमा देखिएका नयाँनयाँ सुरक्षा चुनौती र चासोलाई सामना गर्न हामीबीचको सामूहिक छलफल पनि महत्वपूर्ण हुनसक्ने धारणा व्यक्त गरे ।
कलेजका प्रमुख उपरथी ईश्वर हमालले सामाजिक मूल्यमान्यताको संरक्षण गर्न र प्राकृतिक प्रकोप तथा विपद्का समयमा सहकार्यका साथ काम गर्न सहज तुल्याउन कक्षा कासशेढुङगा साबित हुनेछ भने ।
उक्त कक्षा १५ दिने तालीममा सुरक्षा, परराष्ट्र, ऊर्जा, आतङ्कवाद, कूटनीति, साइबर चुनौती, सञ्चार र राष्ट्रिय सुरक्षालगायत विषयमा विज्ञविद्वानबाट प्रस्तुति हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार