एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा !
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:३२:३१
१९ फागुन, काठमाडौं । एनआईसी एशिय बैंकले मुद्दती खातामा उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो ।
यसअघि विभिन्न अविश्वसनीय सुविधाहरु दिदै आएको बैंकको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिईएको छ । जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ ।
बैंकले ग्राहकहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको हो । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ ।
यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन् । ग्राहकले बहिरंग (OPD) उपचार गर्नुपरेमा २० हजार रुपैयाँसम्मको सुविधा लिन सक्नेछन् । यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सक्छन् । ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सक्नेछन् ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नुपरेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्छन् ।
न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्छन् ।
ग्राहकहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सकिन्छ । बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंकहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशतसम्म ब्याज पाउनेछन् । त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशतसम्म ब्याजदर थप्न सक्छन् । त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन् । एनआईसी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदरसँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार