दोस्रो आर्हान्ट स्मृती कप फागुन २२ बाट सुरु
नेपालबहस संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:२२:११
१९ फागुन, स्याङ्जा । सानै उमेरमा फुटवल खेलमा रुची राखेका स्याङ्जा वालिङका आर्हान्ट थापाको स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिने भएको छ । फागुन २२ गतेदेखि वालिङमा दोस्रो आर्हान्ट स्मृती कपको आयोजना गरिने भएको हो । वालिङ युवा क्लबको आयोजनामा आर्हान्ट स्मृती कप शुरु हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
वालिङ—८, खेलमैदानमा हुने स्मृती कपमा जिल्ला स्थित १२ बिद्यालयको सहभागीता हुने वालिङ युवा क्लबका सचिव भीमप्रसाद पंगेनीले बताए । विद्यार्थीको प्रतिभाको खोजी पनि हुने र खेलाडी पनि उत्पादन हुने यो प्रतियोगिताले स्याङ्जालाई चिनाउन मद्त पुग्ने पंगेनीले बताए । १२ बर्षमुनिका बिद्यार्थीहरुलाई लक्षित गर्दै सेभेन ए—साईड प्रतियोगिता फिफाको नियम अनुसार खेलाईने आयोजकको भनाई छ ।
वालिङ ८ का स्वर्गिय आर्हान्ट सन् २००५ मे २१ मा बेलायतको रेडिङ शहरमा जन्मिएका थिए । बाल्यकाल देखीनै फुटबल खेलमा रुची भएका आर्हान्टको ब्रेन एन्टेरियोभेनस माल फर्मेशनको कारण ११ बर्षको उमेरमा निधन भएको थियो । उनकै सम्झनामा सोही उमेरका बिद्यार्थीहरुलाई यस खेलको प्रतियोगितामा सहभागी गराईने खेल संयोजक राजन थापाले बताए । पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टिमले क्रमश पन्ध्र हजार, दश हजार, पाँच हजार, नगद शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । रनिङ् सिल्ड प्रतियोगिता अनुसार गतबर्ष बालविद्या विकास माविले हासिल गरेको थियो ।
खेल प्रतियोगिता फागुन २४ गते समापन हुने छ । खेलको सबै आर्थिक खर्च स्वर्गिय आर्हान्टका पिता तथा यस कपका संरक्षक कुमार थापाले गर्नेछन् । मेरो छोराको सपना फुटबल खेलेर नेपालको नाम बिश्व सामु परिचित गराउने थियो उनका बुवा कुमार थापाले भने, “आज सबै खेलाडीलाई आर्हान्ट सम्झदै धेरै आर्हान्ट उत्पादन गर्ने मेरो धोको छ ।” धेरै आर्हान्ट वालिङ खेलमैदानले जन्माउनको लागी स्मृती कपले भूमिका खेल्ने विश्वास मेरो छ उनले भने ।
आर्हान्टको सम्झनामा यसअघिको प्रतियोगिता ट्रिनिटी क्लबको आयोजनामा सम्पन्न भएको थियो भने यस पटक वालिङ युवा क्लबले आयोजना गर्नेछ । यस कपलाई निरन्तरता दिन आगामी बर्षका लागि अक्षय कोष खडा गरेर अगाडी बढाईने क्लवका कोषाध्यक्ष सुरेश श्रेष्ठले जनाकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार