आपूर्ती र माग लगभग बराबर अवस्थामा, बजारले माथिल्लो गति समाउने सम्भावना कति ?
आर्थिक संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:४३:४१
२२ फागुन, काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक ५ दशमलव ५० अंकले घटेको छ । दोश्रो बजार शुन्य दशमलव ३८ प्रतिशतले घट्दा २ अर्ब ४५ करोड कारोवार भएको छ । नेप्से परिसूचक घट्दा कारोवार रकमपनि घट्नुलाई बजारमा प्यानिक केही कम भएको अनुमान लगाउन सकिन्छ । दोश्रो बजार १४३५ दशमलव ७० को विन्दुमा बन्द भएको छ ।
बजारले ११ बजेर ११ मिनेटमा १४०८ दशमलव ४४ को न्यून विन्दु समातेको थियो भने बजारले १ बजेर ३८ मिनेटमा १४६४ दशमलव ६३ को उच्च विन्दु समातेको थियो । हिजो भन्दा आज बजारले सकारात्मक प्रवित्ति समातेको देखिन्छ। ग्राफको प्रवित्तमा सुधार आउनु र बजार घट्दा कारोवार रकम कम हुनुलाई बजारले केही समयको लागि सकारात्मक प्रवित्त समात्न खोजेको जस्तो देखिने शेयर बजारका प्राविधिक विश्लेषकले नेपाल बहससंग कुरा गर्दै भने।
केही दिन देखि आक्रामक रुपमा घटेको लघुवित्त उपसुचकमा आज भने सर्वाधिक वृद्धि देखिएको छ। आज लघुवित्त उपसुचकमा सर्वाधिक २ दशमलव १३ प्रतिशतको वृद्धि देखिएको छ । आज लघुवित्त, विकास बैंक, फ़ाइनान्सम अन्य र जीवन बीमा उपसुचकमा मात्र वृद्धि देखिएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा १ दशमलव ११ प्रतिशतको गिरावट आएको छ ।
हेरौं आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १४४८ पहिलो टेवा : १४२०
- यो साता शेयर बजार घट्दो प्रवृत्तिमा रहेको छ। मुख्य प्रतिरोध क्षेत्रदेखि सच्चिंदै आएर बजार हाल १३५० देखि १४०० को मुख्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ।
- आजको मैनबत्तीले “स्पिनिङ्ग टप” चित्र बनाएको छ। यसले बजारमा आपूर्ती र माग लगभग बराबर अवस्थामा रहेको जानकारी गराउँदछ।
- दैनिकी अवधिमा “आरएसआई” ५० दशमलब ८० को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स” तथा जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले बजारमा मागभन्दा आपूर्ती बढ्न सक्ने जानकारी गराएको छ। नेप्से बढेमा पहिलो प्रतिरोध १४४८ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४२० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार