कोरोना भाइरसका कारण खेल गतिविधि स्थगित
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार १४:२:५२
२३ फागुन काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताए । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उनले बताए ।
सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ । मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।
प्रिन्सको लगातार दोस्रो जित
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित निकालेका छन् । जर्मनीको बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलतर्फको खेलमा प्रिन्सले जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमा पराजित गरे ।
जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल भएको जर्मनीमै रहेको उनका ब्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । प्रिन्सले उक्त खेलमा जर्मनीका खेलाडी २१–१३ र २१–१२ अङ्कले पराजित गरेका थिए । यसअघि उनले अष्ट्रियाका लेनी सुदर्मालाई २–० सेटमा पराजित गरेका थिए ।
यसअघि प्रिन्सले यसैसाता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसित पराजित भएका थिए । विश्व ब्याडमिन्टन सङ्घले मङ्गलबार जारी गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थियो । यो नेपाली ब्याडमिन्टन खेलाडीको हालसम्मकै ठूलो सफलता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार