अजरबैजानी राजदूत नेपालमा, पर्यटन व्यवसायमा हातेमालो गर्न आव्हान
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:३५:३२
२३ फाल्गुण, काठमाडौं । अजरबैजान ! धेरै नेपालीका लागि नौलो नाम भएको मुलुक । पूर्वसोभियत संघको एक हिस्साका रुपमा रहेको अजरबैजान एशिया र युरोपको बीचमा पर्छ । युरोपको गेट वे तथा इरानको सीमामा रहेको यो देशको राजदुतावास भने दिल्लीमा रहेको छ ।
नेपालसँग सन् १९९५ मा कूटनीतिक सम्वन्ध गाँसेको यो मुलुक अब नेपाली पर्यटक र व्यवसायी तान्ने अभियानका साथ जुर्मुराउन थालेको छ । अजरबैजानको राजधानी बाकू साँच्चै मनमोहक छ । नेपाली चलचित्रका धेरै सुटिङ यो शहरमा गरिएका छन् । युरोपेली शैलीका महल र रहनसहन यहाँको लोभलाग्दो पक्ष हो ।
तर यो मुलुकसँग नेपालको आयात निर्यात व्यापार भने शून्यमा छ । जबकी धेरै सामान आयात निर्यातको सम्भावना चाहिं प्रशस्त छन् । नेपाल जस्तै समान खाले भूगोल र वातावरण रहेको यो मुलुकसँग जनस्तरमा सम्बन्ध विस्तार गर्न केही पहल भने शुरु भएको छ ।
यस सम्बन्धमा प्रष्ट पार्न हिजो नेपालका लागि अजरबैजानका महामहिम राजदूत डा. असरफ सिखानियमले नेपाली पर्यटन व्यवसायी र पत्रकारसँग भलाकुसारी गरे । नेपालको सिमेण्ट उत्पादन क्षेत्रमा अग्रणी रहेको एडभान्स ग्रुपको आमन्त्रणमा काठमाडौं आएका राजदूतले द्विपक्षीय सम्बन्धलाई नयाँ उँचाईमा पु¥याउन हातेमालो गर्न आग्रह गरे । हामी नेपालमा व्यापारलगायत धेरै पक्षमा लगानी बढाउन आतूर छौं भन्दै उनले थपे – जनस्तरको सम्वन्ध मजबूत बनाउन हामी सकारात्मक छौं । नेपालका लागि गैरआवासीय राजदूतका रुपमा रहेका उनले नेपालसँग पर्यटन व्यवसाय बलियो बनाउन सक्दो सहयोग गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले अजरबैजानसँग धेरै क्षेत्रमा द्विपक्षीय लगानी बढाउने सम्भावना रहेको जानकारी दिए । रोल्पामा रहेको सिमेण्ट उद्योगलाई अझै विस्तार गर्न अजरबैजानी व्यवसायीको सहयोग महत्वपूर्ण हुने पनि उनले बताए ।
यस्तै नेपाल टुर्स एण्ड ट्राभल एजेण्टस एशोसिएशन ‘टान’का अध्यक्ष अच्युत गुरागाईंले अजरबैजान नेपालीहरुको रोजाईमा पार्न नेपाली पर्यटन व्यवसायी इच्छुक रहेको बताए । साथै, पर्यटन क्षेत्रमा मिलेर काम गर्न नेपाली व्यवसायी उत्साही रहेको पनि उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार