कोरोना भाइरसबारे विद्यार्थीहरुमा चेतना अभिवृद्धि गर्न निर्देशन
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २३:३८:२६
२३ फागुन काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा रहेका स्कूलका सहचालकलाई विद्यालयहरुका विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमणका बारेमा जानकारी दिने गरी जनचेतना अभिवृद्धि गर्न निर्देशन दिएका छन् । नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकबीच छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा मेधा माविका प्रअ गङ्गाधर हाडाले कोभिड–१९ को त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने बताए । इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोरोनाको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने बताए । एनप्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांँले विद्यार्थी र अभिभावकमा कोरोनाको त्रास धेरै देखिएकाले विद्यालयमा मनोसामाजिक परामर्शको खाँचो औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार