चुस्तदुरुस्त केन्द्रीय प्रहरी सेवा, समायोजनमा हेर्नुपर्ने पाठ
मधु लम्साल
माघ १८, २०८० बिहिबार १५:०:०
२६ फाल्गुण, २०७६, काठमाडौं । यदि कर्मचारीको संख्यालाई नै आधार मान्ने हो भने अन्य सुरक्षा निकायको दरबन्दीको पनि अध्ययन गरेर हेरौँ । होइन भने गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, समाज कल्याण मन्त्रालय र परराष्ट्र मन्त्रालयमा निजामति कर्मचारीको संख्या कति-कति छ ? किन सबै मन्त्रालयमा सचिवलाई नै प्रमुखको रुपमा राख्ने ? जनशक्ति अनुसार किन सहसचिवलाई त्यसको जिम्मेवारी नदिने ?
दोस्रो हो, दरबन्दी कटौती गर्नुभन्दा अगाडि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले संघीय परिवेशमा अहिलेकै जनशक्ति र क्षमताले काम गर्नसक्ला त ? बालुवाटारको जग्गाको विवादमा जसरी सीआईबीले अहिले काम गर्यो, भविष्यमा प्रदेश-प्रदेश बीच हुने वादविवाद र मुद्दाको अनुसन्धानमा निष्पक्षताको लागि पनि सीआईबीले काम गर्नुपर्ने हुन्छ। के अहिलेको संरचना र जनशक्ति पर्याप्त होला त ?
तेस्रो हो, प्रादेशिक स्रोतसाधन परिचालनको अवस्थामा हुने वादविवादको परिणाम कस्तो हुन्छ भन्ने बुझ्नको लागि भारतको कर्नाटक राज्य र तामिलनाडु राज्यमा बग्ने कावेरी नदीको विवादले निम्त्याएको दंगा र त्यसलाई नियन्त्रणमा ल्याउँदासम्म भएको क्षतिको विश्लेषणको पनि अध्ययन गरौँ ।
त्यस्तै गरी नेपालको कुनै विमानस्थलमा आतंककारी समूहले यात्रुसहित विमान अपहरण गरी ल्याएको खण्डमा के प्रदेश प्रहरीको एकल क्षमताले मात्र समस्या समाधान गर्न भ्याउला र ? अझ भन्ने हो भने मुलुकी अपराध ऐनले केही अपराधहरूमा नेपालीले नेपालीका विरुद्ध नेपाल बाहिर घटित अपराधलाई नेपाल भित्र कसुर गरे सरह अनुसन्धान गर्ने अधिकार क्षेत्र ग्रहण गरेको छ ।
त्यस्तो अनुसन्धान गर्ने कार्यका लागि भोलिका दिनमा विदेश जानुपर्दा त्यो कार्य कसले कसरी गर्छ, केही विचार गरिएको छ कि छैन ? साथै ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरू -जस्तै साउदी अरब, कतार, मलेसिया, कुवेत, युएई लगायतका मुलुकहरूमा उच्च दर्जाका प्रहरी अधिकृतलाई नेपाली दूतावासमा प्रहरी सहचारी खटाउनु पर्ने स्थितिमा संघीय प्रहरी नै एक मात्र विकल्प रहने हुँदा त्यस बारेमा सोचिएको छ कि छैन ?
भोलिका दिनमा विभिन्न राष्ट्रसँग गरिने पारस्परिक कानुनी सम्झौता र तत्पश्चात् सृजना हुने अनुसन्धानको दायित्वको लागि जिम्मेवारी निर्वाह गर्ने विषयमा केही सोचेका छौं कि छैनौं ? त्यस्तो कार्य प्रदेश प्रहरीले मात्र गर्न सक्ला र ? तसर्थ, दरबन्दी कटौती भन्दा पनि कसरी केन्द्रीय प्रहरी सेवालाई चुस्त दुरुस्त गराउने भन्ने तर्फ सोच्यौं भने गणतन्त्रात्मक नेपालको शान्ति सुरक्षा व्यवस्थित गर्न सकिएला कि। (यो लेख चार वर्ष अघि नेपालबहसमा वरिष्ठ पत्रकार मधु लम्सालले लेख्नु भएको हो । चार वर्ष अघि प्रकाशित यो लेख अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक भएकोले पुनः प्रकाशित गरिएको छ । सम्पादक ।)
मधु लम्साल
लेखक लम्साल वरिष्ठ पत्रकार हुन् । लामो समय खोजतलास साप्ताहिक र सन्ध्याकालीन दैनिक पत्रिका प्रकाशन गरेका लम्साल खोज पत्रकारितामा विशेष रुची राख्छन् । सुरक्षा अपराध, अनियमितता, भ्रष्टाचार र विकृति विसंगति विरुद्ध तिखो कलम चलाउने उनको विशेषता हो ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार