कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार तीन पक्राउ
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १७:२०:१८
२७ फागुन लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय भोला यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र रु ७०० जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ । अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो ।
अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
काठमाडौं उपत्यकामा छठको रौनक
कात्तिक २१, २०८१ बुधबार
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
कात्तिक २१, २०८१ बुधबार