तनहुँको छिम्केश्वरीमा सात हजार भक्तजनले गरे दर्शन
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १७:२९:३३
२७ फागुन, तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागुपूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ ।
तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिरमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने विश्वाससहित भक्तजन आउने गरेको छिम्केश्वरी पर्यटन विकास समितिका सचिव सन्तोष गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार होलीको दिन मात्रै सात हजार भक्तजनले छिम्केश्वरी र बूढीमाईको दर्शन गरेका छन् । “मन्दिर दर्शनका लागि सोमबार बिहानदेखि नै भक्तजनको भीड लागेको थियो”, उनले भने, “प्रत्येक वर्षको होलीमा यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।”
समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा अहिले भक्तजनको आकर्षण बढ्दै गएको छ । हाल मन्दिरमा दैनिक २०/२५ जना भक्तजन आउने गरेको मन्दिरका पुजारी धनराज गुरुङले जानकारी दिएका छन् ।
एकादशी र औँशीबाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा बलि दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छ भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जिपयात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धवलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्धहिमाल अवलोकन गर्न सकिन्छ ।
आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पु¥याएका छन् । गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिएका छन् ।
निर्माण सामग्री आइनपुगेकाले हाल मन्दिरको निर्माण रोकिएको छ । मन्दिरमा हालिने झ्यालढोका बनाउन भक्तपुरका कालीगढलाई जिम्मा दिइएको छ । “झ्यालढोका तयार भएर आउनेबित्तिकै मन्दिरको निर्माण फेरि शुरु भइहाल्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार