प्रचारप्रसारकाे अभावमा तारकेश्वरका ऐतिहासिक सम्पदा ओझेलमा
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १७:५९:५७
२७ फागुन, जमुना धमला तारकेश्वर । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ ।
जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर बोहोराले बताएका छन् । उनले नगरभित्रका सम्पदा संरक्षणमा उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् । नगरभित्र तारकेश्वर महादेव, मनमैजु , पञ्चबुद्धको पवित्रभूमि पाँचमाने, भुवनेश्वरी , धर्मस्थली महाँकाल लगायतका मन्दिर, बृहत शान्तिधाम, जयन्तीपुर, जितपुरफेदी, लखपात अर्थात् डुक्रने पानी, लिच्छवीनगर धर्मस्थली लगायत रहेका छन् ।
नगरपालिको नामसँग जोडिएका शिवपुरी पर्वतमालाको काखमा अवस्थित तारकेश्वर महादेव मन्दिर संरक्षण र प्रचारप्रसार अभावमा विलुप्त अवस्थामा पुगेको छ । सो मन्दिर हिन्दू धर्मावलम्बीको तीर्थस्थल मानिन्छ । स्वस्थानी व्रतकथामा ‘सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्तिस्वरुपले रहे’ भन्ने उल्लेख छ ।
सो मन्दिरमा जान राखिएको फलामे भ¥याङ पनि जीर्ण अवस्थामा पुगिसकेको छ । कालीबाबाको मृत्यु भएपछि उनको समाधिस्थ गरिएको ठाउँमा शिवलिङ्ग निर्माण गरिएको थियो । उनको कुटी पनि विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएको थियो । यसपछि तारकेश्वरको सभ्यता नै ओझेलमा पर्न पुगेको देखिन्छ ।
यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित ऐतिहासिक जितपुरफेदी नुवाकोटको ओखरपौवासँग जोडिएको छ । पञ्चबुद्धसँग सम्बन्धित पाँचमानेको पूर्वतिर र तारकेश्वर महादेव मन्दिरको दक्षिणपट्टि शिवपुरीको काखमा पर्ने सो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुनै बेला प्रमुख व्यापारिकमार्ग बनेको सो स्थानले अहिले ऐतिहासिक विरासत सम्झनुबाहेक केही छैन ।
यस्ता महत्व बोकेको ऐतिहासिकस्थलको प्रचारप्रसार गर्न सकेको भए तारकेश्वरमा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन, यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यका रूपमा विकास हुने प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी बताउछन्।
तारकेश्वर नगरपालिका–३ ऐतिहासिक पाँचमाने भञ्ज्याङको नजिक तीनपिप्लेको उत्तर सिरानमा रहेको अर्को महत्वपूर्ण मन्दिर हो –भुवनेश्वरी मन्दिर । प्राकृतिक दृष्टिले मात्र नभएर पर्यावरणीय तथा पर्यटकीय दृष्टिले समेत ज्यादै लोकप्रिय यस मन्दिरमा पुग्नका लागि सिँढी चढेर उकालो चढ्नु पर्दछ । तारकेश्वर धार्मिक पर्यटनका लागि पनि सम्भावना भएको नगर हो भन्ने कुरा यस मन्दिरले पनि सहजै बोध गर्न सकिन्छ । सो भुवनेश्वरी मन्दिरलाई शक्तिपीठका रूपमा लिइन्छ ।
मल्लकालीन फूलपाती परम्परामा विसं १८२५ मा इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले कान्तिपुर विजयप्राप्त गरेपश्चात त्यसबेलादेखि नै फूलपाती फागुपर्व आदिमा उनले आफ्नो प्रभुत्व दर्शाउन प्रयास गरेका थिए । यसको उदाहरण गोलढङ्गाको फूलपाती परम्परा एक हो ।
सोहीअनुरुप त्यसैबेलादेखि गोरखाबाट धादिङको जीवनपुर हुँदै ल्याइने फूलपाती हनुमानढोका दशैँघर फूलपातीका दिन भित्र्याउन थालियो । तर पृथ्वीनारायण शाहले कान्तिपुर विजय गर्नुपूर्व हनुमानढोका दशैँघरमा पुरानो गुहेश्वरीबाट फूलपाती भित्र्याइन्थे ।
त्यो परम्रपरा केही वर्ष अगाडिदेखि निरन्तररूपमा चल्दै आएको छ । पृथ्वीनारायणको कान्तिपुर विजयपश्चात परानो गुह्येश्वरीबाट हनुमानढोका दशैँघरमा भित्र्याइने फूलपाती परम्परा हिजोआज आझेलमा पर्न पुगेको छ । यसलाई नेपाली सेनाको बर्दबहादुर गणले प्रेत्यक वर्ष फूलपातीका दिन विधिपतरूपमा फूलपाती भित्र्याउने गरेको छ ।
यस्तै काठमाडौँको उत्तरपश्चिममा रहेको तारकेश्वर नगरपालिकामा बृहत शान्तिधाम रहेको छ ।
तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको उच्च भागमा निर्माण भएको यस स्थानबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काभ्रेस्थलीमा नवनिर्माण भएको बृहत शान्तिधामलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाका रूपमा पनि लिन सकिन्छ । ऐतिहासिक सम्पदाको प्रचार गर्न सकेमा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो
असोज २, २०८१ बुधबार
पशुपति मन्दिर क्षेत्र वरिपरि गरिएको सोह्रश्राद्ध तस्बिरमा हेर्नुस
असोज २, २०८१ बुधबार
सुदुरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
असोज १, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार