भैसीलाई निर्दयी व्यवहार गर्ने पक्राउ, पशुपंक्षीको अधिकार सुनिश्चित गर्दै प्रहरी
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार ३:१:५५
२७ फागुन, स्याङ्जा । तपाईले कुनै सवारी साधनमा पशुपंक्षी ओसारपसार गर्न लाग्नु भएको छ भने सम्झनुहोला उसको पनि अधिकार कति छ भनेर । मानिसले यात्रा गर्दा सहजताको अनुभव पाउनु पर्ने व्यवस्था अनुसार पशुपंक्षीले पनि यात्राको सहजता पाउने अधिकार कानुनले दिएको छ ।
त्यसैले पशुपंक्षी ओसारपासार गर्नु अगाडि कतै उसको अधिकार हनन् त भएको छैन भनेर ख्याल राख्नु जरुरी देखिएको छ । त्यस्तै ख्याल नगर्दा भैसीको ओसारपसार गर्ने दुईजनालाई स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङले आइतवार पक्राउ गरेको छ । भैसीलाई अमानवीय व्यवहार गरेको भन्दै प्रहरीले स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने २६ बर्षिय जीप चालक युवराज कुमाल र रुपन्देही मर्चवार गाँउपालिका ७ बस्ने रुआव अलि फकिर पक्राउ परेका हुन् ।
रुपन्देहीको हरैयाबाट स्याङ्जाको पुतलीबजार ल्याउदै गरेको ५ ओटा भैसीलाई निर्दयी व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय वालिङले भैसी मालिक र चालकलाई पक्राउ गरेको हाे । मासुको प्रयोजनका लागि ल्याइएका ५ ओटा भैसीलाई ग २ च २२६९ नम्वरको बोलेरो गाडीमा अत्यन्तै क्रुरयातना दिएर ल्याउदै गर्दा वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जेसुकै प्रयोजनका लागि पशुपंक्षी ओसारपसार गरेपनि उनीहरुको सुरक्षित यात्रावरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
पशुपंक्षीको अमानवीय तवरले ओसारपसार गरेमा कानुनी सजाय हुने व्यवस्था छ, वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले भने, “कानुनी व्यवस्थाको समेत ख्याल नगरी अत्यन्तै क्रुर याताना दिएको पाईएकाले पक्राउ गरेका हौं ।” मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपंक्षी सम्वन्धी कसुर अनुसार सजाय हुनेछ, उनले भने । बोलेर जीपमा भैसी ओसारपसार गर्दा २ ओटा सजिलै र केही कठिनसगँ यात्रा गराए ३ ओटासम्मको क्षमता रहन्छ । तर भैसी मालिकले एउटै जीपमा ५ ओटा भैसी ल्याउदा भैसीमा निकै चोटपटक र अत्यन्तै सकस हुनेगरी यात्रा गराएको प्रहरीले जनाएको छ । भैसी माथि भैसी खादेर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ ।
भैसीको सिङ्देखि अन्य भागमा चोटपटक र रगताम्मै अवस्थामा घाईते छन् । पशु चिकित्सकबाट चेकजाँच गराई भैसीमाथीिअवद्र व्यवहार गर्नेको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले बताए । सिद्धार्थ राजमार्ग हुँदै धेरैपटक पशुपंक्षी ओसापसार हुन्छ । तर अहिलेसम्म पनि पशुपंक्षीको ओसारपासारमा पशुपंक्षीको अधिकारको बारेमा कुनै चेकजाँच हुने गरेको थिएन । प्रहरी निरिक्षक घिमिरे आएपछि यो अभियान शुरु गरेका हुन् ।
पशुपंक्षीले पनि सम्मानका साथ बाच्ने अधिकार नेपालको संविधानले दिएको छ । मासुका लागि होस वा दुधका लागि होस पशुपंक्षीलाई पनि बाचुन्जेल समाजमा स—सम्मान बाच्ने अधिकार रहन्छ, निरिक्षक घिमिरेले भने,“जुनसुकै प्रयोजनका लागि ओसारपसार गरेपनि अधिकार हनन् नहुने गरी गर्नु पर्छ ।” अधिकारको उघंलन गरे कारवाहीको दायरामा पर्न सकिने व्यवस्था संविधानमा उल्लेख छ, उनले भने । यता भैसी मालिकले भने आफुले ४ ओटा पठाईदिनु भनेकोमा भैसी व्यापारीले ५ ओटा पठाएको दावी गरेका छन् ।
भैसीमाथि अभद्र व्यवहार भएको भैसी मालिकले स्वीकार गरेका छन् । पशुपंक्षी सम्वन्धी कसुरको दफा २९० मा पशुपंक्षी प्रति निर्दयी व्यवहार गरेमा तीन महिनासम्म कैद वा पाँच हजारसम्मको जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुन सवारी साधनमा कति पशुपंक्षी लिएर ओसारपासार गर्न पाईन्छ भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा अधिकांश पशुको ओसारपसारमा मानवीय व्यवहार भएको पाईदैन । आगामी दिनमा नेपालको संविधानले दिएको कानुनी व्यवस्था अनुसार पशुपंक्षीको बाचुन्जेल आफ्नो अधिकारको सुनिश्चित हुनु आवश्यक छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार