बाँस्कोटाको घरमा विष्फोट गराउनुका १० कारण भन्दै विप्लव समूहले लियो जिम्मा
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १८:१२:२
२८ फाल्गुण, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घूसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा गर्न बाध्य भएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निवासमा आज बिहान गरिएको बम विष्फोटको जिम्मा विप्लव समूहले लिएको छ ।
भ्रष्ट व्यक्तिविरुद्ध पार्टीले सञ्चालन गरेको अभियान अन्तर्गत बाँस्कोटाको घरमा विष्फोट गराइएको दावी विप्लव समूहले गरेको छ । बाँस्कोटाको घरमा विष्फोट गराउनुका १० कारण सार्वजनिक गर्दै भनिएको छ – यस्ता भ्रष्टको अनुहारमा कालो पोत्नै पर्छ ।
यसैबीच बाँस्कोटा सम्वद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले घटनाको भत्र्सना गरेका छन् । प्रचण्डद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– आतंककारी घटनाको भत्र्सना गर्दछु ।
यता, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम अहिले भइरहेको छ ।
बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएको थियो। विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।
विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ। लोकन्थलीमा बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार