छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २०:१२:५७
२८ फागुन काठमाडौं । कैलाली, नवलपरासी ‘पश्चिम’, नवलपरासी ‘पूर्व’ र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
कैलाली, घोडाघोडी नगरपालिका-५ स्थित सडकमा से.१ च १०३४ नम्बरको जिपबाट खसेर अछाम रामारोशन गाउँपालिका-७ बस्ने २६ वर्षीय एकेन्द्र बटालाको मंगलबार दिउँसो मृत्यु भएको छ । जिपबाट खसेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी ‘पश्चिम’, प्रतापपुर गाउँपालिका-७ झुलनीपुरस्थित सडकमा यूपी ५६ वाई ८०६३ भारतीय नम्बरप्लेटको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने २५ वर्षीय लक्ष्मण हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल वुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी ‘पूर्व’, गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.३ च २२६१ नम्बरको बोलेरोको ठक्करबाट गोर्खा पालुङटार नगरपालिका-१० बस्ने ३५ वर्षीय ज्ञान बहादुर कुँवरको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बोलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी नवलपरासी ‘पूर्व’, बुलिङटार गाउँपालिका-१ तरङखोलास्थित सडकमा आर्थिक निर्माण सेवाको प्रदेश नम्बर ३र०३००१ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल तरङगा खोलामा खसेर दुर्घटना हुँदा खसी दुर्घटना हुँदा दाङका ५३ वर्षीय बिमल चन्द्र सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
झापा, दमक नगरपालिका-५ हरिओम कोलेनी छेउस्थित सडकमा मे.१ ह ६५४४ नम्बरको अटो अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा अटोमा सवार दमक नगरपालिका-९ बस्ने ६१ वर्षीय उम बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार