सुदूरपश्चिममा रक्तदानले अकाल मृत्युबाट जोगाउँदै नेपाली सेना
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १५:५८:५
२९ फागुन डोटी । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको अकालमा हुने मृत्युबाट जोगाएको छ । पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष विसं २०७६-७७ मा पृतन मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान गरी सहयोग गरेका थिए ।
प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि यहाँका सेवारत सैनिकले आवश्यकता अनुसार रक्तदान गर्ने गरेको जनाइएको छ । सेनाले यहाँ रक्तदानलाई उच्च महत्व दिएपछि स्थानीयमा खुशी छाएको छ । रगतको आवश्यक पर्नेलाई यहाँ कार्यरत सैनिकले अस्पतालमा नै गइ रक्तदान गर्दै आएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी वडासदस्य पार्वती विकले भने, “भनेको समयमा रगत नपाउँदा अकालमा मृत्यु भएका थुप्रै उदाहरण छन्, तर सेनाले अहिले रगत दिन थालेपछि मृत्युहुनबाट जोगन थालेको छ, भनेको बेला सहज रगत पाउँदा स्थानीय खुशी भएका छन् ।”
अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी महिला तथा दुर्घटनाका घाइतेलाई वढी रगतको आवश्यकता पर्ने गर्दछ । रुद्रध्वज गण सिलगढीका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले आवश्यकता अनुसार रक्तदान गर्दै आएको जानकारी दिए । उनले भने, “सेनाले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक परेका बेला आफ्नो रक्तदान गरेको छ, विशेष गरी पहाडी जिल्लामा स्थानीयलाई सेनाले रक्तदान दिएर बचाउन सफल भएको छ ।”पछिल्लो समय रगतको आवश्यक पर्ने सेनाको ब्यारेक धाउने गर्छन् ।
सेनाले आफू मातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीय सेनाका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए । उनले भने, “रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत ग्रुप पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौं र सहजै ब्लड पाइन्छ ।”
रक्तदान गर्नुपर्छ भन्ने बानीको विकास भई नसकेकाले जिल्लामा रगत सहजै पाउनमा समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए । उनले भने, “रक्तदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीय रक्तदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्याननै खतरामा पर्ने गर्छ, रगत दान गर्दा कुनै असर हुँदैन रक्तदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ ।” नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पनि रक्तदान गर्नेको अभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ ।
त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न शुरुआत गरे पनि रक्तदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको सो अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार