काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माणको काम ठप्प, दैनिक पूजाआजा जारी
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १६:३०:४३
२९ फागुन मुग्लिन । चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ पुनःनिर्माण थालिएको थियो ।
काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प रहेको छ । उनले भने, “असोज महिनादेखि काठ उपलब्ध नभएपछि मन्दिर निर्माणको काम ठप्प भएको छ, अब काठ ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको छ, चाँडै काम पुनः सञ्चालन हुनेछ ।” गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताए । उनले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको जानकारी दिए ।
मन्दिर निर्माणका लागि झण्डै रु तीन करोड लाग्ने जनाइएको छ । प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु ७५ लाख बजेट उपलब्ध भई काम शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए । हालसम्म मन्दिर पुनःनिर्माणको काम ३३ प्रतिशत सम्पन्न भएको बताइएको छ ।
मन्दिर पुनःनिर्माण भइरहे पनि दैनिक पूजाआजा रोकिएको छैन । अहिले मन्दिर बाहिर प्रतिमा निर्माण गरेर पूजा गर्ने व्यवस्था मिलाएको छ । प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा मन्दिरमा मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।
रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ । मन्दिर सामुद्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी हर्कबहादुर गुरुङले बताए । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार