सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १८:४३:४६
२९ फागुन, काठमाडौं । पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ ।
घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ ।
चैत १२ गतेदेखि बिहान ७ः०० देखि ९ः०० बजेसम्म, दिउँसो १२ः०० देखि ३ः०० बजेसम्म र राति ८ः०० देखि ११ः०० बजेसम्म सडक बन्द हुनेछ । दैनिक तीन समयमा सडक बन्द हुने भएको हुँदा सो समयमा काम हुने ठाउँको नजिक बढी भिडभाड नगरी ट्राफिक नियमको पालना गरी सहयोग गरिदिनुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन् ।
सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिराका कारण धेरैले ज्यान गुमाउनुपरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार