हेभी सवारी चालक तालिम सम्पन्न, ४८ प्रशिक्षार्थीहरुको सहभागिता
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:११:४६
२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित १०औं समूहको हेभी सवारी चालक तालिम बिहीबार सोही महाशाखामा आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।
तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तम लाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै संगठनलाई आवश्यक पर्ने दक्ष हेभी सवारी चालकहरुको पूर्ति गर्नु तालिमको उद्देश्य रहेको बताए ।समयसापेक्ष रुपमा सवारी साधनमा विकास हुने नयाँ प्रविधियुक्त हेभी सवारी साधनहरुको बारेमा दक्षता अभिवृद्धि गरी कुशल चालक उत्पादन गर्न तालिमले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्र लाल कर्णले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेदेखि संचालित ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ४४ जना गरी जम्मा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार