स्थानीयवासीको विरोधपछि कर्णाली करिडोरको सडक निर्माणमा रोक
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार २:२३:४३
२९ फागुन, काठमाडौं । हुम्ला जिल्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।
सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली करिडोर निर्माण कार्य तीन हप्तादेखि रोकिएको छ । वडा नं ५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो । आफूहरुको जग्गा नोक्सान भएको भन्दै स्थानीयवासीले सडक निर्माणमा अवरोध पु¥याएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । वडा नं ५ तल्लोगाउँका स्थानीयवासीसँग सडक विस्तार गर्न सहमति गराउनका लागि दुईपटक जिल्ला प्रशासनमा वार्ता गरे पनि कुनै ठोस निर्णय हुन सकेन । कर्णाली करिडोरअन्तर्गत खार्पुबाट सिमकोटसम्म निर्माणको जिम्मा अङ्क कबेन्द्र माउण्टेन जेभी कन्स्ट्रक्शनले लिएको छ ।
खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्तसम्म विस्तार गरिसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ । तर यहाँका स्थानीयवासीसँग सहमति गर्नका लागि दुईपटकसम्म वार्ता बसे पनि अवरोध कायमै राखेका कारण निर्माणमा समस्या निम्तिएको बताइएको छ । तल्लोगाउँ वडा ५ का स्थानीयवासीले सकड निर्माणमा आफ्नो जग्गा सडकमा जाने भएपछि त्यसको क्षतिपूर्ति मागेको र कन्स्ट्रक्शनका अनुसार सडक विस्तार गर्दा क्षति भएको जग्गाका लागि दिने पैसा आफूहरुसँग नभएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार