कोरोना भाईरसको कारण आइपिएल संकटमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १२:२९:४२
३० फागुन काठमाडौं । विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग ‘आइपिएल’ संकटमा परेको छ । आइपिएल चैत १६ देखि २०७७ जेठ ११ गते सम्म भारतका विभिन्न सहरमा सञ्चालन हुने तय छ ।
भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेसँगै अब सुरुवाती खेल विदेशी खेलाडी विनानै आइपिएल सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ । आइपिएल स्थगित नभएको खण्डमा सुरुवाती २० खेल विदेशी खेलाडी विनानै हुने छ । भारत सरकारको भिसा बन्द सँगै वैशाख ३ सम्म विदेशी खेलाडी भारत जान पाउने छैनन् । आइपिएलका ८ फ्रेन्चाइज टोलीबीच होम अवे मैदानमा गरि कुल ५६ खेल हुनेछ ।
आइपिएल २०२० तालिका अनुसार वैशाख ३ गते सम्म २० खेल हुने छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसिसिआई’ का अध्यक्ष सौरभ गांगुलीले आइपिएल कोरोना भाइरसको कारण नसर्ने बताउँदै आएका छन् । बिसिसिआईले स्थगित नगरे सुरुवाती २० खेल विदेशी खेलाडी विना नै हुने छ ।
भारतीय सञ्चार माध्यमले पनि विदेशी खेलाडीले वैशाख ३ गते पछि मात्र सहभागिता जनाउने छन् । आइपिएल दर्शक विना नै गराउने सम्भावना रहेको बताइएको छ । दर्शक विना खाली स्टेडियममा गराउने वा नगराउने भन्ने शनिबार आधिकारिक निर्णय आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कोरोनाको बिषयमा बिसिसिआई भने हालसम्म कुनै आधिकारीक सुचना जारी गरेको छैन । भारतीय चर्चिच सञ्चार माध्यम हिन्दुस्थान टाइम्सका अनुसार भारतमा हालसम्म ७३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
विश्वभर १ लाख २६ हजार २ सय ७३ जनामा कोरोनाको सकंमण रहेको छ । कोरोनाको कारण विश्वभर ४ हजारको मृत्यु भई सकेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाईरसले अहिले विश्वभर महामारीको रुप लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार