स्याङ्जामा भिषण आगलागी, ३ घर र ६ गोठ जलेर नष्ट !
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १३:५३:४२
३० फागुन, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाँउपालिका ५ बाँसटारीमा भिषण आगलागी भएको छ । स्याङ्जा प्रहरकिा अनुसार स्थानीय नेत्रप्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले तीन घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएका छन्।
आगलागीबाट २३ लाख १३ हजार रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ नविन कृष्ण भण्डारीले जानकारी दिए ।
नेत्रप्रसाद न्यौपानेको गोठमा कुडो पकाउनको लागि बालिएको आगोे गोठमा सल्किएर वपिरि फैलिएकाले ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा नेत्रप्रसाद न्यौपानेको एउटा गोठ तथा एउटा कटेरो जलेको छ भने दुई वटा भैँसी जलेर मरेका छन् । आगलागीबाट छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैँसी घाइते भएका छन् ।
यसैगरी सन्तोष पाण्डेको दुई वटा कच्ची घर तथा एउटा कटेरो जलेको प्रहरीले जनाएको छ । आगलागीमा ताराप्रसाद न्यौपानेको गोठ र कटेरो जलेको छ भने रामप्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ । प्रहरी, बेल्टारी आर्मी क्याम्पबाट खटिएका नेपाली सेना तथा स्थानीबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
काठमाडौं उपत्यकामा छठको रौनक
कात्तिक २१, २०८१ बुधबार
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार