छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार १९:४:१६
३० फागुन काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
सर्लाही, बरहथवा नगरपालिका-५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँपालिका-४ बस्ने २३ वर्षीय सुनिल साहको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बरहथवा एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, राप्ती गाउँपालिका-१ पाखापानीस्थित सडकमा रा.१ ख ६०० नम्बरको माईक्रो बसले रा.३ प ९००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय अर्जुन केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित सडकमा म.१ प ९५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बर्दिया घर भई हाल भिमदत्त नगरपालिका-७ बस्ने २१ वर्षीय दिनेश चन्द र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुरज धामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ राजधामी चोकस्थित सडकमा को.१ ख ५७६५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने मन्जु राजधामीको ५ वर्षीय छोरा सुजन राजधामीको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई धरान घोपा हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार
काठमाडौं उपत्यकामा छठको रौनक
कात्तिक २१, २०८१ बुधबार
इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त
कात्तिक २१, २०८१ बुधबार