प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शनिबार १:३:१४
३० फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शिक्षण अस्पताल महाराजगन्जले ओलीलाई केहीबेर अघि डिस्चार्ज गरेको हो ।
उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीकामहत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन् । फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटकमिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।
पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उनको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवं प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुन १९ गते भर्ना हुनु भई फागुन २१ गते उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार