पुरिँदै राप्ती लोकमार्गका खाल्डाखुल्डी
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १८:२०:५८
१ चैत, दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ । तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताएका छन् ।
कार्यालयको रु ३२ लाख लगानीमा उक्त काम शुरु भएको उनको भनाइ थियो । सडकबीचमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुर्ने काम शुरु भएको दाहालले बताएका छन् । त्यस्तै नाला मर्मत गर्ने काम समेत थालिएको छ । उनले भने, “ दुर्घटना न्यूनीकरण गर्नका लागि खाल्डाखुल्डी र नाला मर्मत गर्न थालेका हौँ ।”
फागुन दोस्रो सातादेखि शुरु भएको उक्त काम एक/डेढ महिनामा सकिने बताइएको छ । “फागुन अन्तिम दिनसम्म सक्ने गरी सम्झौता भएको हो, तर काम ढिला शुरु भयो”, उनले भने ।
चिसोमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएपछि ढिला गरी काम शुरु गरेको बताइएको छ । सो कार्यको जिम्मा पे्रमधन निर्माण सेवाले लिएको छ । सडक डिभिजन कार्यालयलाई वर्षेनी १० देखि २९ किलोमिटर सडकबीचमा परेका खाल्डाखुल्डी पुर्ने गरी बजेट आउने गर्छ । अहिले राप्ती लोकमार्गअन्तर्गत धेरै स्थानमा खाल्डाखुल्डी भए पनि दाङ खण्डको तुलसीपुर बजारदेखि भञ्ज्याङसम्म मात्रै काम गर्ने गरी बजेट आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार