हेलम्बु गाउँपालिकामा दादुरा तथा रुबेला खोप केन्द्रहरु (सूचिसहित)
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ०:५२:४२
१ चैत्र, काठमाडौं । नेपाल सरकारले सुरु गरेको दादुरा तथा रुबेला खोप अभियान २०७६/७७ हेलम्बु गाउँपालिकामा पनि प्रभावकारी रुपमा संचालन भएको छ । हेलम्बु गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा सो कार्यक्रम आगामी चैत ९ गतेसम्म प्रभावकारी रुपमा संचलन गरिने भएको छ ।
नेपाल सरकारले युनिसेफको सहयोगमा देशका सातै प्रदेशमा फागुन र चैत महिनाभर दादुरा-रुवेला खोप अभियान चलाइरहेको छ । यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई निःशुल्क खोप लगाउन लागिएको छ ।
९ महिना पुगेपछि सबै बालबालिकालाई दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण हुनेछ । दक्षिण पूर्वी एसियामा सन् २०२३ सम्ममा दादुरा-रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको साथै नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ ।
नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशतले घटेको तथ्यांक छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केही ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहेको छ ।
दादुरा–रुबेला खोप लगायत धेरै प्रकारका खोपहरू विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणिकरण भई नेपालको राष्ट्रिय नियमन निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भए पछिमात्र उपलब्ध हुन्छन् । नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने यी खोपहरू सुरक्षित, गुणस्तरीय र प्रभावकारी हुन्छन् ।
हेलम्बु गाउँपालिकाले चैत्र १ गतेबाट ९ गतेसम्म खोपका कार्यक्रमहरु सम्पन्न गर्ने गाउँपालिकाको स्वास्थ संयोजक ज्ञानेन्द्र सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार गाउँपालिका अन्तर्गतका ७ वटै वडामा खोप केन्द्रहरु तोकेर कार्यक्रम संचालन गरिने छ । गाउँपालिकाले सबैलाई पायक पर्नेगरि खाेप केन्द्रहरू ताेकेकाे छ । आफुलाई पायक पर्ने ठाउँमा बालबच्चालाई लगेर खाेप लगाउन सबैजनालाई जानकारी दिइसकेकाे छ ।
हेलम्बु गाउँपालिकाको खोप केन्द्रहरु
चैत्र १ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ काे : देउराली आ.वि.
हेलम्बु गाउँपालिका वडा नं. २ काे : ढोडिनी गाउँघर क्लिनिक
हेलम्बु गाउँपालिका वडा नं. ३ काे : फूर्केसल्ला
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ काे : माहाँकालेश्वरी आ.वि. शुरसिङ
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ काे : भञ्याङ आ.वि सिरिसे
चैत्र २ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ काे : ककनी विद्यालय भवन
हेलम्बु गाउँपालिका वडा नं. २ काे : मणिकण्ठेश्वरी आ.वि
हेलम्बु गाउँपालिका वडा नं. ३ काे : गैरीबेसी जालान गिरीको घर
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ काे : पातिङ आ.वि
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ काे : बोल्दे आ.वि
चैत्र ३ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ काे : सिन्दिङघ्याङ गाउघर क्लिनिक
हेलम्बु गाउँपालिका वडा नं. २ काे : गाउँपालिका कीउल बगर
हेलम्बु गाउँपालिका वडा नं. ३ काे : पाल्चोक शेरा महिला स्वास्थ सेविकाको घर
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ काे : ढाप्सुङ आ.वि
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ काे : पद्मेश्वरी आ.वि
चैत्र ४ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. २ काे : स्वास्थ चौकी भवन
हेलम्बु गाउँपालिका वडा नं. ३ काे : इसिङ गुम्बा
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ काे : पिप्से गुम्बा
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ काे : इचोक स्वास्थ सेवा केन्द्र
चैत्र ५ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ को : नाकोते विद्यालय
हेलम्बु गाउँपालिका वडा नं. २ को : गुरु रिम्पोछे ताम्पाखर्क
हेलम्बु गाउँपालिका वडा नं. ३ को : ककनी
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ को : उर्लेनी आ.वि
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ को : महेन्द्र मा.वि सुपारिटार
चैत्र ६ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ को : मिलेरोप्पा सा.स्वा. इकाइ
हेलम्बु गाउँपालिका वडा नं. २ को : नुर्बुलिङ मा.वि खर्कडाँडा
हेलम्बु गाउँपालिका वडा नं. ३ को : गुम्बा
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ : सरस्वती मा.वि
हेलम्बु गाउँपालिका वडा नं. ६ र ७ : इचोक स्वास्थ चौकी
चैत्र ७ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. १ को : स्वास्थ चौकी
हेलम्बु गाउँपलिका वडा नं. ३ को स् पाल्चोक स्वास्थ चौकी
हेलम्बु गाउँपलिकावडा नं. ४ र ५ को : ज्ञानोदय आ.वि
चैत्र ८ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिका वडा नं. ४ र ५ : महाँकाली नन्दिश्वरी आ.वि
चैत्र ९ गते खोप संचालन हुने स्थानहरु
हेलम्बु गाउँपालिकाको वडा नं. ४ र ५ : चिलाउनेघारी स्वास्थ केन्द्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार