मास्कमा कालोबजारी : पाँच पर्नेलाई ३१ रूपैंयामा बेच्ने आठ पक्राउ
नेपालबहस संवाददाता
चैत १, २०७६ आइतबार ३:५९:४७
१ चैत काठमाडौं । मुलुकमा कोरोना भाइरस ‘कोभिड–१९’को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ डल्लु आवसमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट उक्त परिमाणको मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उनीहरुलाई कालोबजारी ऐनअन्र्तगत कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले खाद्यान्न र औषधीजन्यलगायतका चिज वस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए अबर गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार