कोरोनाले सातै प्रदेशका मुख्यमन्त्री चितिन्त ! एकीकृत कार्यक्रम बनाउन छलफलमा
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार १९:१७:५३
२ चैत्र, काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिन नेपाल सरकार पछिल्ला दिनमा आएर केही गम्भिर देखिएको छ । देशैभरि एकीकृत कार्यक्रम सञ्चालन गर्न आज राजधानीमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई राखेर छलफल हुदैछ ।
अहिले अपरान्ह १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गरिने छलफलको नेतृत्व उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले गर्दैछन् । सरकारले पोख्रेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ ।
छलफल कार्यक्रममा भाग लिन सातवटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरु राजधानी आइपुगेका छन् ।चीनको बुहानबाट गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म पाँच हजार भन्दा बढीको ज्यान गइसकेको छ भने एकलाख भन्दा बढी प्रभावित भएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस लागेको फेला नपरेपनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ संगठनले चेतावनी दिइसकेको छ । त्यसैले पछिल्ला दिनमा सरकारले यसमा केही गम्भिरता देखाएको अनुभूति भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार