सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २०:३०:५९
२ चैत काठमाडौं । रुपन्देही, देबदह नगरपालिका ९९ घोडाहास्थित सडकमा लु.१ क २५८४ नम्बरको टिपर र लु.२ ख १२१८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई लु.१ क २५८४ नम्बरको टिपर पुन बा.२० च ५५१६ नम्बरको कारमा समेत ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार मायादेवी गाउँपालिका ९४ गुण्डी बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९१० बस्ने ३७ वर्षीय कमलेश कुमार यादवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । दुवै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका९२ सकरदहिस्थित सडकमा ना.३ त १००३ नम्बरको ट्याक्टर पुलमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका९३ पोर्ताहा बस्ने ३५ वर्षीय कैलाश सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार
बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
कात्तिक २१, २०८१ बुधबार
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
दुई बस एकापसमा ठोकिँदा १३ जना घाइते
कात्तिक २१, २०८१ बुधबार