छिट्टै नगर–प्रहरी भर्ना खुल्दै : एक करोड बजेट विनियोजन
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २०:४४:७
२ चैत, काठमाडौं । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर प्रहरी भर्ना गर्न लागेको जानकारी दिएको छ । शुरुमा २५ जना भर्ना गर्न लागिएको छ । “चन्द्रागिरीले नगर प्रहरीका लागि आवश्यक पर्ने भ्यानसमेत खरिद गर्न लागेको छ”, उनले भने ।
नगरपालिकाले दमकल र एम्बुलेन्स पनि खरिद गर्न लागेको छ । आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि चालू आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद गर्न लागेको जानकारी दिएका छन् ।
नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिका–८ नं वडामा १५ श्याको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । सोही अस्पतालमा बिरामी ओसारपसारका लागि एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख गिरीले बताएका छन् ।
यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्न नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसिटिभीसमेत जडान गरिनेछ ।
सिसिटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज हुने भएकाले त्यसको लािग रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । चन्द्रागिरी वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार