कोरोनाको उपचार गर्न तोकियो ३ अस्पताल , थपिदै २३५ आईसीयू बेड
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २२:२४:५७
२ चैत, काठमाडौं । सरकारले कोराना भाइरस (कोभिड १९) को उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ । भने सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै २३५ आईसीयू बेड तयार पार्ने भएको छ ।
कोरोना संक्रमण फैलिन नदिन नेपालले पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्रेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ । संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् ।
अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् । ९ जनवरी २०२० मा नेपाल आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएकोसमेत उनले जानकारी दिएका छन् । तर विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको उनले बताएका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिएका छन् । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।
मन्त्री ढकालका अनुसार नेपालमा कोरोनाको संक्रमण देखिहाल्यो भने उपत्यकाका तीन वटा अस्पतालमा मात्र उपचार गरिनेछ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।
अरु मुलुकको संक्रमण हेर्दा ८० प्रतिशत सामान्य उपचार अर्थात क्वारेन्टाइनलगायतमा राख्नुपर्ने, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राखेर उपचार गर्नुपर्ने र ५ प्रतिशतलाई अति जोमिखयुक्त उपचार गर्नुपर्ने देखिएको भन्दै उनले भने, ‘हामीकहाँ सामान्यतयाः १५ सय, तीन हजार वा साढे ४ हजारसम्म (संक्रमित) हुँदा पनि कुन खालको व्यवस्थापन भयो भने सहज ढंगले व्यवस्थापन गर्न सकिन्छ भनेर अन्तरिम तयारीमा लागेका छौं ।’
उनका अनुसार प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ भने अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार