विदेशी विनिमय मुद्दामा फरार शेर्पा कारागार चलान
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २०:३९:४२
३ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आइतबार स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विसं २०७१ साउनमा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले रु ६८ लाख ६२ हजार ४१३ जरिवाना सुनाएपछि शेर्पा फरार रहेको जानकारी दिए । पक्राउ शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार