एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २१:६:३
४ चैत, काठमाडौं । उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । ट्राफिक नियम पालना गराई सडक अनुशासन रसचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।
अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन् । उक्त अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उनले बताएका छन् ।
महाशाखाले दैनिक ४० एकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना कक्षा चलाएको थियो । सो कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिइएको र घरघरमा सचेतनाका लागि पर्चा –पम्पलेट वितरण गरिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन् । “सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ जसका कारण सचेतना कक्षाबाट धेरै लाभान्वित भएका छन्”, प्रवक्ता श्रेष्ठले भने ।
२० हजारलाई सचेतना कक्षा
अभियानका क्रममा जथाभावी बाटो काट्ने १९ हजार ९९८ बटुवालाई सोही ठाउँमा राखेर २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्रीलाई आकाशे पुल र जेब्राक्रसिङको प्रयोग गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा नियमितरूपमा घोडा परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिएका छन् । ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीतसङ्गीतका माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक सङ्केतको पालना तथा तीव्र गति र मापसे गरेर गाडी नचलाउन अनुरोध गरिएको उनले बताए ।
उपत्यकाका व्यस्त ४७ चोकमा चालक तथा जेब्राक्रसिङका बटुवालाई लक्ष्य गरी प्रहरीबाटै ट्राफिक नियम लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । मापसे गरी सवारी चलाउने नौ हजार ५६९, लेन अनुशासन पालना नगर्ने आठ हजार २६९, सवारी दुर्घटना गर्ने १०० सहित १७ हजार ९३८ लाई दैनिक कारवाही गरिएको जनाइएको छ । गत पुस १ गतेदेखि शुरु भएको उक्त अभियानलाई चैत १ गतेदेखि भने थप परिमार्जन गरी सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
कात्तिक २१, २०८१ बुधबार
नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार