एन आई सी एशिया बैंककाे कार्ड हुनेलाई गोकर्ण फरेष्ट रिसोर्टमा विशेष छुट
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २३:१०:२१
४ चैत, काठमाडौं । एन आई सी एशिया बैंक र गोकर्ण फरेष्ट रिसोर्ट बीच सम्झौता भएको छ । काठमाडौं, मुलपानीस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी (MOU) भएको हो ।
यो योजना एक वर्षको लागि लागू हुने बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी बमोजिम बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउने छन् ।
साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५५ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले नेपालबहसलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार