पेट्रोलियम पदार्थ पर्याप्त छ, अनावश्यक हल्लाको पछि नलाग्नुस्
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १३:५८:९
५ चैत, काठमाडौं । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ’, “प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको छ ।”
भारतीय सीमानाकाबाट सहजरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ ।
यसक्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगतझैं सहजरूपमा हुने विज्ञप्तिमा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार