विक्रिकर्ता घट्दै गएको संकेत मिल्दा प्राविधिक बिश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
चैत ५, २०७६ बुधबार २३:२१:१३
५ चैत्र , काठमाडौं । साताको चौथो कारोवार दिन नेप्से परिसूचक १६ दशमलव २६ अंकले घट्दै बजार १२५५ दशमलव ८० मा पुगेको छ । पहिरो जाने क्रम जारी नै रहेको छ । आज दोश्रो बजार १ दशमलव २८ प्रतिशतले घट्दा १ अर्ब १८ करोड बराबरको शेयर कारोवार भएको छ । बजारमा गिरावट आउँदा कारोवार रकम भने घट्दै छ । यसबाट अब आक्रामक रुपमा शेयर बिक्री गर्ने बिक्रीकर्ताको कमी हुँदै गएको देखिन्छ । आजको मैनबत्तीले बजारको घट्दो प्रवृत्तिमा “स्पिनिङ्ग टप” चित्र बनाएको छ। यसले बजारमा लगानकिर्ताहरु अन्योल रहेको जानकारी गराउँदछ।
बजारले २ बजेर ४६ मिनेटमा १२८६ दशमलव ९७ को उच्च विन्दु समातेको थियो भने बजारले ११ बजेर ३२ मिनेटमा १२३४ दशमलव १६ को न्युन विन्दु समातेको थियो ।
आजको इण्ट्राडे चार्ट हेर्दा बजार वृद्धि हुँदा निकै लामो समय लाएर वृद्धि भए पनि घट्दा फेरी निकै छोटो समय लागेर घटेको थियो। यसको मतलव आज केही कारोवारी बिक्रीकर्ताहरु आत्तिएको देखिन्छ।
कारोवार समय वृद्धि गर्दा बजार राम्रो सँग चल्न नसकेको केही जानकार बताउछन। केही देशमा कोरोनाको कारण दोश्रो बजार बन्द भएको बेलामा नेपालमा भने यस्तो समयमा कारोवार समय वृद्धि हुनुको कुनै अर्थ नभएको पनि लगानीकर्ता बीच चल्दै आएका केही बहस हुन्।
त्यस्तै आज धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साही नभई लगानी गर्न आग्रह गरे पनि सर्ट सेलिङ्गको कुराको छानविन गर्नु पर्ने र अन्य विषयमा सुधार गर्नु पर्ने विचार लगानीकर्ताले सामाजिक संजालमा लेखेका छन्।
आज ट्रेडिङ्ग उपसुचकमा मात्र वृद्धि देखिएको थियो । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा १ दशमलव ४१ प्रतिशतको गिरावट आएको छ । आज निर्जीवन बीमा उपसुचकमा २ दशमलव १२ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ।
हेरौं आज सर्वाधिक कारोवार हुने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध: १२७५ पहिलो टेवा: १२५०
- बजार लगभग तिन सातादेखि घट्दो प्रवृत्तिमा रहेको छ।
- आजको मैनबत्तीले बजारको घट्दो प्रवृत्तिमा “स्पिनिङ्ग टप” चित्र बनाएको छ। यसले बजारमा लगानकिर्ताहरु अन्योल रहेको जानकारी गराउँदछ।
- दैनिकी अवधिमा “आरएसआई” ३५ दशमलब ५७ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा विक्रीकर्ताकोे चाप रहेको जानकारी गराएको छ।
- “एडिएक्स” तथा जोड-बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म विक्रेताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ। नेप्से बढेमा पहिलो प्रतिरोध १२७५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १२५० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार