एनआईसी एशिया बैंकबाट अग्रवालले पाए उपचारवापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १७:१६:१३
६ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत १५ लाख रुपैयाँ प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले गत चैत्र ४ का दिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बैंकका अनुसार महेश अग्रवालले चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोलेवापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपनहर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
बीमासहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधासहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकहरूले रू २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन् ।
उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा रू १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्छन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (इएम्) उपचारमा रू २० हजारसम्म र अस्पताल भर्ना वापत रू ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार