एक हप्तामै शेयर बजारमा १०७ अंकको गिरावट आउँदा, लगानीकर्ताको सम्पत्ति कतिले घट्यो ?
आर्थिक संवाददाता
चैत ७, २०७६ शुक्रबार २०:५७:२५
७ चैत, काठमाडौं । यो साता शेयर बजारका लगानीकर्ताको लागि त्यति सुखद साता रहेन। यो साता पुरै ५ दिन नै शेयर कारोवार भएपनि कोरोना भाइरसको त्रासले गर्दा बजारमा बिक्रीकर्ता हावी हुँदा नेप्से परिसूचकमा १०७ दशमलव ८७ अंकको गिरावट आएको छ । यो साता शेयर बजार तीन दिन घटेको थियो भने दुई दिन वृद्धि भएको थियो । साताको अन्तिम कारोवार दिन नेप्से परिसुचकमा वृद्धि देखिएको थियो । अघिल्लो साताको अन्तिम कारोवार दिन बजार पुँजीकरण १७ खर्ब ६० अर्ब रहेकोमा यस साताको अन्तिम कारोवार दिन बजार पुँजीकरण १६ खर्ब २३ अर्ब रहेको छ । यसरी बजार पुँजीकरण १ खर्ब ३७ अर्बले घटेको छ।
अघिल्लो साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक १३७७ दशमलव १८ को विन्दुमा बन्द भएकोमा यस साता अन्तिम कारोवार दिन विहिबार नेप्से परिसूचक १२६९ दशमलव ३१ को विन्दुमा बजार बन्द भएको छ। नेप्से परिसूचक ७ दशमलव ८३ प्रतिशतको गिरावट आएको छ।
यो साता नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोवार भएको छ। त्यस्तै दोश्रोमा एनआईसी एसियाको शेयर कारोवार सर्वाधिक भएको छ।
शेयर बजारमा पहिरो जाने क्रम जारी रहेको छ । कोरोनाको भाइरसले गर्दा लगानीकर्ताहरु केही आत्तिएको अवस्था छ।कोरोना भाइरसको कारणले गर्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको र धितोपत्र बोर्डले अर्को साताबाट शेयर बजार बन्द नगर्ने निर्णयसंगै केही लगानीकर्ताहरु खुशी देखिएका छैनन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार