इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार २:२४:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/e_sewa._dbTuGl2OmQ.jpg)
७ चैत काठमाडौं । डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले जनाएको छ । सो व्यवस्था बिहीबार रातिदेखि आगामी वैशाख १६ गतेसम्म लागि लागू हुने भएको छ । यस्तै, बैंकमा रकम ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने भएको छ ।
इ–सेवामार्फत इ–सेवा खातामै पैसा पठाउँदा गर्दा यसअघि नै निःशुल्क सेवा रहेकामा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो । इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने, ‘‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ ।” यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।
इ–सेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ । इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार