कोरोना फेला परेपछिको नेपाल
कुसुम सेञ्चुरी
चैत १०, २०७६ सोमबार २०:४:१४
सम्पादकीय
१० चैत्र, काठमाडौं । नेपालमा एकजना किशोरीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । हिजो साँझ मात्रै पुष्टी भएको १९ बर्षीया ती किशोरी फ्रान्समा अध्ययनरत छन् । उनी कतारको दोहा हुँदै गत मंगलबार मात्रै नेपाल आएकी हुन् ।
यसबारे जानकारी दिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफैं उपस्थित थिए । नेपाल अहिलेसम्म कोरोना भाइरसबाट मुक्त रहेको दावी गर्ने अवस्था अब भने रहेन । हुन त यसअघि पनि गत महिना चीनको बुहानबाट आएका एकजनामा कोरोना भाइरस फेला परेको थियो । तर उनी उपचारपछि ठीक भइसकेका छन् ।
दैनिक सयौंको संख्यामा मानिसको ज्यान गइरहेको छ । विज्ञान र प्रविधिमा यत्रो छलाङ मारेको अमेरिकालगायत विकसित राष्ट्र यतिबेला कींकर्तव्यबिमूढ देखिएका छन् । यसले प्रकृतिका अगाडि कसैको केही चल्दैन भन्ने तथ्यलाई एकपटक फेरि स्पष्ट पारिदिएको छ ।
हिजो फेला परेको नयाँ केसले राजधानीको जनजीवन अझै भयभित बनाउने संभावना बढेको छ । यद्यपि यो नेपालको मात्र समस्या होइन । सारा संसार अहिले कोरोना भाइरस आतंकबाट प्रताडित छ । तर नेपाली मनोविज्ञान भने चाँडै नै आत्तिने खाले देखिएको छ, अझ शहरी क्षेत्रमा त्यसको दुस्प्रभाव बढी भएको प्रतीत हुन्छ । विश्वव्यापी आतंकका रुपमा फैलिएको कोरोना भाइरसबाट आक्रान्त मानिसको दैनिकीमा अहिले पूर्ण बदलाव देखिएको छ ।
२४ घण्टा कोलाहलमा रहने ठूला शहर यतिबेला सुनसान छन् । अमेरिकाको न्यूयोर्क होस् वा बेलायतको लण्डन यतिबेला मृत शहर बनेको छ । मानिसको हिंडडुल लगभग ठप्प छ । युरोपको इटाली त गएको दश दिनदेखि लकडाउनमा छ । मानिस घर भित्रै बसेका छन् । दैनिक सयौंको संख्यामा मानिसको ज्यान गइरहेको छ । विज्ञान र प्रविधिमा यत्रो छलाङ मारेको अमेरिकालगायत विकसित राष्ट्र यतिबेला कींकर्तव्यबिमूढ देखिएका छन् । यसले प्रकृतिका अगाडि कसैको केही चल्दैन भन्ने तथ्यलाई एकपटक फेरि स्पष्ट पारिदिएको छ ।
भारतसँगको खुला सीमाका कारण संक्रमणको खतरा चुलिएको हो । हिजो र अस्ति मात्रै दशौं हजार मानिस भारतसँगका विभिन्न नाकाबाट नेपाल भित्रिएका छन् । बिना रोकटोक आएका उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छैन । त्यसैले संक्रमणको जोखिम अत्यन्तै बढेको अवस्था छ ।
गत डिसेम्बरको अन्त्यमा चीनको बुहानबाट संक्रमण शुरु भएको कोरोना भाइरस डिजिज अर्थात कोभिड –१९ यतिबेला संसारभर फैलिएको छ । छिमेकी भारतमा अहिलेसम्म झण्डै चारहजार केस पोजेटिभ देखिएको छ भने आठ जनाको निधन नै भइसकेको छ । दक्षिणपूर्वी एशियाको इपीसेन्टर अर्थात केन्द्रबिन्दू नै भारत बन्न पुगेको छ ।
नेपालको भौगोलिक अवस्था चीन र भारतको बीचमा रहेको छ । अर्थात स्याड्विच । विशाल जनसंख्या भएको चीनमा नियन्त्रणउन्मुख देखिएपनि भारतमा भने अहिले डंढेलो झैं फैलिन शुरु भएको छ । कोभिड १९ । त्यसको प्रत्यक्ष प्रभाव र जोखिम नेपाललाई परेको छ । भारतसँगको खुला सीमाका कारण संक्रमणको खतरा चुलिएको हो । हिजो र अस्ति मात्रै दशौं हजार मानिस भारतसँगका विभिन्न नाकाबाट नेपाल भित्रिएका छन् । बिना रोकटोक आएका उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छैन । त्यसैले संक्रमणको जोखिम अत्यन्तै बढेको अवस्था छ ।
कमसेकम एकहप्ता अघिबाट सरकारले काठमाडौं लकडाउन गरेको भए ती संंक्रमित आउने संभावना कमै हुने थियो । त्यो गम्भीर भूल भईसकेको छ । अब भने उनीसँगै नेपाल आएका अन्य यात्रुको विवरण लिएर तत्कालै क्वारेन्टाइनमा राख्ने काम गरिएन भने यही नै हाम्रा लागि काल बन्न सक्छ । चेतना भया ।
कोरोना भाइरस लागेको व्यक्ति निको नहुने होइन । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यो भाइरसले आक्रमण गरेकामध्ये लगभग ५ प्रतिशत मात्रैको ज्यान गएको छ । अर्थात ९५ प्रतिशत निको भएको तथ्याङ्क देखिन्छ । त्यसैले धेरै अत्तालिने भन्दा संयम धारण गर्नु नै यो रोगको बलियो र प्रभावकारी औषधि हो ।
सरकारले रोग नियन्त्रण गर्न सक्नेगरी रणनीति बनाउनु पर्छ । खासगरी अन्यत्रबाटै भाइरस आउने भएकाले त्यसको मूहान नै रोक्नु पर्छ । त्यसका लागि लकडाउन गर्न ढिला गर्नु हुँदैन । अहिले पत्ता लागेको केस पनि फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा देखियो । कमसेकम एकहप्ता अघिबाट सरकारले काठमाडौं लकडाउन गरेको भए ती संंक्रमित आउने संभावना कमै हुने थियो । त्यो गम्भीर भूल भईसकेको छ । अब भने उनीसँगै नेपाल आएका अन्य यात्रुको विवरण लिएर तत्कालै क्वारेन्टाइनमा राख्ने काम गरिएन भने यही नै हाम्रा लागि काल बन्न सक्छ । चेतना भया ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
इलाम - २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार