स्याङ्जाको आकाशमा उल्का जस्तै चम्किलो वस्तु, आकाशीय पिण्डमा आगोको मुस्लो !
नेपालबहस संवाददाता
चैत १३, २०७६ शुक्रबार ५:३७:५५
१३ चैत्र,स्याङ्जा । नेपाल मात्र होइन विश्व नै कोरोनामय भैरहेको बेला आज अचानक स्याङ्जा लगायत पश्चिम क्षेत्रमा उल्का ग्रहजस्तो देखिने अजीवको चित्र आकाशमा देखिएको छ । आज साझँपख स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, पोखरा, बाग्लङ, पर्वत लगायतका स्थानीयबासीहरुले आकाशमा ज्वालासहितको रकेट जस्तो विमान देखापरेको बताएका छन् । बिहीबार साँझ करिब सवा ८ बजेको समयमा आकाशमा ज्वालासहितको उक्त वस्तु देखापछि स्थानिय नागरिक त्रसित भएका छन् ।
आकाशमा ज्वालासहितको उक्त रकेट उत्तरपूर्वबाट दक्षिणपश्चिमतर्फ गएको स्थानीयले नेपालबहस डटकमलाई जानकारी दिए । आकाशीय पिण्डजस्तो लाग्ने सो चिज उज्यालो र आवाजसहित स्याङ्जा र पाल्पाको पूर्वी सीमानामा देखा परेको सीता डोटेलले सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन् ।
त्यस्तै पत्रकार एवं नेपाल प्रेस यूनियन स्याङ्जाका पूर्वअध्यक्ष श्रीकृष्ण सिग्देलले आज राती आकाशबाट उज्यालो बत्ती झर्यो भन्ने हल्ला आयो । यो उल्का हो भन्ने पनि कथन भयो । कसैले गह्रौ सुर, कसैले गुल्मी र कसैले बागलुङ भन्ने बुझियो भन्दै सामाजिक सञ्जालमा जिज्ञासा राखेका छन् । त्यस्तै पत्रकार प्रकाश डुम्रेले पनि आफ्नो फेसवुक वालमा केही मिनेट अगाडि पश्चिम नेपालको आकाशमा एउटा चम्किलो वस्तु अस्वभाविक तिव्रतामा उज्यालो छर्दै पृथ्वीतर्फ झरेको देखियो, यो के होला ? भनि प्रश्न गरेका छन् ।
हिन्दी फिल्म क्रिसमा अर्को ग्रहको जीव पृथ्वीमा आएको कथा जस्तो अचानक यस क्षेत्रमा देखा पर्नु र ठूलो आवाजसहित पड्केको भन्नुले ठूलै रहस्य सिर्जना गरिदिएको छ । यो विषय यस क्षेत्रका बासिन्दाहरु बीच सामाजिक सञ्जालमा भाइरल भएको छ ।
खासमा त्यो Asteriod हो जुन झण्डै ३९० मि. १२८० फिट चौडा हुने र मार्च २६ अर्थात आज ५३,००० माइलको गतिमा पृथ्वीको नजिकबाट जाने कुरा नासाले २३ मार्च अर्थात ३ दिन अघि प्रक्षेपण गरेको थियो । जसको नाम बैज्ञानिकहरुले – 2012 XA133 दिएका थिए । पृथ्वीको केन्द्रबाट करिब ४.१ मिलियन माईल टाढाबाट गएको यसले कुनै हानीनोक्सानी पुर्याउदैन भनेर नाासाले पहिल्यै जानकारी दिईसकेको थियो । त्यसैले डराउन आवश्यक नभएकाे बताइएकाे छ ।
याे ५ नं प्रदेश र गण्डक क्षेत्रका सबै स्थानबाट देखिएको हुनुपर्छ । यस क्षेत्रका मानिसहरुले निक्कै धेरै वर्षपछि यति नजिकबाट यसलाई हेर्ने मौका पाएका छन । अर्घाखाँची गुल्मी पाल्पाकाले यतै सकियो जस्तो माने भने बाग्लुङ , पर्वत र म्याग्दीकाले कुनै ठाँउमा खसेझै माने । रुपन्देही, कपिलवस्तु र दाङसम्मले उस्तै मानेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार