खुशीको खबर : फ्रान्सबाट फर्किएकी युवतीको दोस्रो परीक्षण नतिजा नेगेटिभ
नेपालबहस संवाददाता
चैत १४, २०७६ शनिबार ३:४०:३८
१४ चैत्र, काठमाडौं । विश्व अहिले कोरोना भाइरसको महामारीको संकटको सामना गरिरहेका बेला नेपाल र नेपालीका लागी खुशीको कुरा छ । त्यो खूशीको खबर हो फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीको दोस्रो परीक्षण नतिजा नेगेटिभ आएको छ । संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्। ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन् गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन्।
काठमाडौं महानगरपालिका ४ चुनदेवीकी ती युवती सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सुख्खा खोकी बढेपछि गत शुक्रबार ट्रपिकल अस्पतालमा भर्ना भएकी थिइन्। उनी फ्रान्समा व्यापार ऐन व्यवस्थापन विषयमा अध्ययनरत छिन्। दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो। तर, १४ दिन निगरानीमा राख्ने गरिएकाले उनी चुनदेवीस्थित आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छिन्।
पारिवारिक स्रोतका अनुसार उनलाई घरमा अलग्गै सेल्फ क्वारेन्टाइनमा राखिएको छ । ती युवती टपरीमा खाना खान्छिन्। नेपालमा कोराना संक्रमितको संख्या ४ पुगिसकेको छ। यसअघि एक व्यक्ति डिस्चार्ज भइसकेकाका छन्। अब ट्रपिकल अस्पतालमा एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक अर्का संक्रमित उपचार गराइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार