कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार १५:३६:३८
१५ चैत, ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उनले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गरे । “खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ । बजारमा खोज्न गएँ न मास्क छ न त स्यानिटाइजर । यो त केवल प्रचार मात्र हो कि भन्ने आभास भइरहेको छ”, उनले भने।
महानगरपालिका वडा नं १६ निवासी राकेश चित्रकारले पनि बेलाबेलामा खुद्रा पसलमा गई स्यानिटाइजर र मास्क खोज्दा पाउन नसकेको दुखेसो गरेका छन् । उनले भने, “प्रचारै ठूलो कुरा रहेछ, बजारमा यी वस्तु पाइन्छ भनेर खोज्दा पाउन सकिएको छैन । टोलटोलमा जनताले पाएको दुःख कसले पो देखेको छ र ? घरमा बालबच्चा छन् । जति खेर पायो त्यति खेर कोठा बाहिर निस्केर आँगनमा खेल्न पुगिहाल्छन् ।
यदि साबुपनीको साथमा उनीहरुलाई स्यानिटाइनर प्रयोग गरिदिन पाए कोभिड–१९को त्रास हट्ने थियो ।” उनले भने, “चाहिएको समयमा मास्क र स्यानिटाइजरको अभाव भएसँगै लकडाउन खुलेपछि कि त आफैले बनाउने वा कि खोज्न जाने हुँदा महानगरसँगै भर पर्नु पर्दैन । स्थानीय उत्पादन तीनपाने रक्सीलगायतका कच्चा पदार्थ मिलाएर महानगरपालिकाले स्यानिटाइजर बनाउन शुरु गर्दा पनि पाउन नसक्नु दुर्भाग्यको कुरा भएको छ ।”
महानगरको वडा नं २१ निवासी ज्ञानलक्ष्मी महर्जनले बजारमा स्यानिटाइजरको अभाव भएको सुनेर दैनिक स्प्रिट र साबुपानी प्रयोग गर्ने गरेको बताए । उनले भने, “बजारमा न त मास्क छ न त स्यानिटाइजर नै । हामीहरु घरबाट बाहिर खाद्यान्न किन्न निस्कँदा कसरी सङ्क्रमणबाट जोगिने होला ।
महानगरपालिकाले मास्क र स्यानिटाइजर बनाएर वितरण गर्ने कुरा टेलिभिजनबाट सुन्दा मुलुक विकासको गतिमा लम्कियो भन्ने खुशी लागेको थियो । यो त प्रचारजस्तो मात्र लागिरहेको छ ।” देशमा कोरोनाको सङ्क्रमण बढिरहँदा यस्ता सानातिना चिजको अभाव हुनु गम्भीरे विषय भएको महर्जनको भनाइ थियो ।
महानगरपालिकाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म हरेक वडाका दुई गरी ६० महिलालाई मास्क बनाउने तालिम दिएता पनि बजारमा मास्कको माग पूर्ति हुन सकेको देखिँदैन । महानगरपालिकाले मास्कको अलवा यहाँका नागरिकलाई १० जनाको दरले छ दिनसम्म ६० लाई स्यानिटाइजर बनाउने तालिमसमेत दियो, तर हाल यसको सेवाग्राहीले परिणाम प्राप्त गरेका छैनन् ।
महानगरपालिको समाज कल्याण महाशाखाले केही दिन पहिला बनाइएको लगभग ५०० लिटर स्यानिटाइजर प्रत्येक वडाका केही स्थान र महानगरपालिकामा प्रयोग गरिरहेको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताए । उनले भने, “मास्क र स्यानिटाइजर उत्पादन गर्ने त भन्यौ, तर यसमा प्रयोग हुने सामग्री लकडाउनका कारण लिन जान पाएका छैनौँ । यी सामग्री अभावका कारण आफूहरुले अघि बढाएको योजना सशक्तरूपमा कार्यान्वयन हुन नसकेको कार्की स्वीकार गरे।
महानरपालिकाले पाँच–पाँच लिटर स्यानिटाइजर प्रत्येक वडामा पठायो तर सर्वसाधारणले भने घरघरबाट यसको सेवा लिन पाएका छैनन् । “हामीले बनाएको स्यानिटाइजर र मास्क प्रत्येक वडाका व्यक्तिलाई दिन नसकेकामा लज्जित भइरहेका छौँ ।” महानगरपालिकामा कार्यारत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवले भने मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका कार्कीको भनाइ छ ।
स्वास्थ्य शाखामा कार्यारत स्वास्थ्यकर्मीले लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) र थर्मोमिटर गनको समेत अभाव भइरहेको जनाइएको छ । महानगरपालिकाले १०० एमएल स्यानिटाइजरको रु १५० लिने घोषणा गरिरहँदा यहाँ कच्चा सामग्री नै अभाव भइरहेको बताइएको छ । लकडाउन खुलेसँगै सामग्री ल्याएर महानगरवासीको आवश्यकता पूर्ति गरिने कार्कीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार