भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न मुख्यमन्त्रीको अपिल
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार १६:११:२२
१५ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसविरुद्धको अभियानमा एक भएर लाग्न कर्णालीवासीलाई अपिल गरेका छन् । शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले महामारीका रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले रु ५० करोड विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिएका छन् ।
मुख्यमन्त्री शाहीले भने, “कोरोनाको प्रतिकार्यका लागि कोषमा मलगायत मेरो मन्त्रिपरिषद्का सदस्यले एक महिनाको पारिश्रमिक जम्मा गरेका छौँ । जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी÷व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई उक्त कोष वृद्धिका लागि सहयोग गर्न आह्वान गर्छु ।” सम्भावित जोखिमलाई रोकथाम गर्न थालेको प्रयासमा सहयोगका लागि सम्पूर्ण नागरिकमा अपिल गर्दै उनले छिमेकी मुलुक भारत र अन्य देशबाट आएकालाई १४ दिन अन्य मानिसको सम्पर्कबाट टाढा रही आफू र आफ्नो परिवार तथा समाज सङ्क्रमणबाट बचाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले यस्तो परिस्थितिमा कोहीकसैलाई नडराउन तर सचेतना अपनाउन सुझाउँदै आत्तिएर नभई धैर्यताका साथ आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरे । मुख्यमन्त्री शाहीले अग्रपङ्क्तिममा खटिएर काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माणका लागि आम नागरिकलाई आग्रह गर्दै हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसनमा खटिने सुरक्षाकर्मीका लागि शुरु तलब स्केल बराबरको ५० प्रतिशत र स्वास्थ्यकर्मीका लागि शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गर्ने जनाएका छन् ।
उनले ज्वरो आउने, सुक्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाइ लागेमा नजिकको स्वास्थ्य संस्था वा हेल्थ डेस्कमा सम्पर्क गर्न अनुरोध गरेका छन् । प्रदेश सरकारले कोरोनाबाट प्रभावितको उद्धारका लागि १११० नंको हटलाइन सेवा शुरु गरेकाले अप्ठ्यारो र समस्या पर्दा त्यसमा सम्पर्क गर्न सकिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार