सङ्क्रमितको स्वास्थ्य जाँचकालागि अति आवश्यक पीपीई र फायरगन अभाव
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार १७:१५:३
१५ चैत पाँचथर । कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमितको स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तथा फायरगनको अभाव भएको छ । स्वास्थ्य कार्यालयका अनुसार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पाँचथरका लागि आठ थान पिपिई उपलब्ध गराएको छ ।
कोभिड–१९ का शङ्कास्पदको जाँच तथा सिफारिशका लागि उक्त सङ्ख्या अपुग रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले वताएका छन् । “कोभिड–१९ का शङ्कास्पद बिरामीको जाँच हुने जिल्ला अस्पताल र समर्पित अस्पताल तथा एम्बुलेन्स चालकलाई प्राप्त भएको पिपिई उपलब्ध गराइएको छ”, सुवेदीले भन्नुभयो, “जिल्लामै यो अभाव भएको छ । स्थानीय तहले कसरी प्राप्त गर्ने ?”
यस्तै कोभिड–१९ का शङ्कास्पद बिरामीको चाँडो तापक्रम मापन गर्ने यन्त्र (फायर गन) समेत अभाव छ । स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा दुई थान फायरगन उपलब्ध छ । धेरै शङ्कास्पद बिरामी आएको अवस्थामा उक्त यन्त्रले राम्रोसँग काम नगर्ने सुवेदीको भनाइ छ । “पिपिई र फायरगन स्थानीय तह आफैँले व्यवस्थापन गर्ने हो”, सुवेदीले भने, “सरकारी अस्पतालले पर्याप्त नपाइरहेको अवस्थामा निजी अस्पतालले पाउने कुरा भएन ।”
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा चीनबाट ती सामग्री ल्याइएपछि जिल्लामा उपलब्ध हुने वचन पाएको बताउनुहुन्छ । “आज(शनिबार) चीनबाट ल्याइँदैछ भन्ने सुनेका छौँ”, सापकोटाले भन्नुभयो, “अहिले पिपिई जस्तै रेनकोटको प्रयोग गर्ने भनेका छौँ ।” झापामा उत्पादित उक्त सामग्री प्रयोगमा ल्याइएको हो । चीनबाट ल्याइने उपकरण जिल्ला तथा स्थानीय तहस्तरमा आइपुग्ने सापकोटाको विश्वास छ ।
२०८ क्वारेन्टाइन तयार
पाँचथरमा सदरमुकाम फिदिमसहित सात गाउँपालिकामा २०८ क्वारेन्टाइन तयार पारिएको छ । फिदिम बजारभित्र ७० तथा बाँकी गाउँपालिकाका केन्द्रमा तयार पारिएका हुन् । जिल्ला अस्पतालमा सात शय्याको आइसोलेशन कक्षसमेत तयार भएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताएका छन् ।
दुई आइसोलेशनमा, सात क्वारेन्टाइनमा
पाँचथरमा हालसम्म कोभिड–१९ का दुई शङ्कास्पद बिरामीलाई आइसोलेशनमा भर्ना गरिएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । यस्तै कोभिड–१९ सङ्क्रमित युवतीसँगै यही चैत ६ गते एयर अरेबियाको उडानबाट नेपाल आएका दुई तथा हालै विदेशबाट नेपाल आएका दुई गरी चार जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले वताएका छन् । यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाले हालै विदेशबाट फर्किएका तीन जनालाई गोपेटारस्थित क्वारेन्टाइनमा राखेको छ ।
चैतमा विदेशबाट आएका क्वारेन्टाइनमा
सोमबार बसेको सर्वपक्षीय बैठकले चैतमा भारतसहित विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । “स्थानीय तहहरुलाई दुई हप्ताभित्र विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्न भनिएको थियो । एक सय २९ जनाको विवरण प्राप्त भएको छ”, सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “सबैको निरन्तर खोजी एवम् पहिचान हुन्छ । सबैलाई क्वारेन्टाइनमा राखिन्छ ।” जिल्ला समन्वय समितिका प्रमुख सापकोटाका अनुसार बैठकले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा तिनको सम्पर्कमा रहेका तथा परिवारलाई होम क्वारेन्टाइनमा राख्न सके सम्भावित सङ्क्रमण कम हुने बैठकले निष्कर्ष निकालेको हो । “शनिबारदेखि सबैलाई क्वारेन्टाइनमा राखिन्छ र विदेशबाट आएका अरुको पनि खोजी हुन्छ”, सापकोटाले भने ।
कृषकलाई एकसाथ सेवा र सचेतना
कोरोना भाइरसको सङ्क्रमण रोक्न मुलुक लकडाउन गरिएका बेला फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडले कृषकलाई एकसाथ सेवा र सचेतना प्रदान गरिरहेको छ । लकडाउन भए पनि सहकारीले कृषकबाट उत्पादित दूध सङ्कलन गरिरहेको छ । दूध सङ्कलनका क्रममा सहकारीले सबै कृषकलाई सामाजिक दूरी कायम राख्न सिकाएको छ । दूध बिक्रीका क्रममा भीडभाड हुन नदिन तथा ग्रामीणस्तरमा समेत दूरी कायम गरेर दैनिक कामकाज अघि बढाउन कृषकलाई प्रेरित गर्न सहकारीले दूरी कायम गर्ने प्रबन्ध गरेको हो । फाल्गुनन्द गाउँपालिका वडा नं १ नवमीडाँडाका कृषकलाई दूध बिक्रीका क्रममा दूरी कायम गर्ने सचेतना दिइएको सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले वताउनुभयो । उक्त सहकारीले सहकारीका सदस्यमा सचेतनासहित मास्क वितरण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार