एनआईसी बैंकद्वारा प्रदेश २ का ५ स्थानमा सहायता केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार १८:३३:४४
१५ चैत, सिरहा । कोभिडकोभिड १९ का कारण लकडाउनको मार खेपिरहेका आफ्ना ग्राहककका लागि एनआई सी एशिया बैंक लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेश २ का आठै जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उपप्रादेशिक कार्यालय लहानका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिएका छन् । बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
उक्त ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख प्रकाशचन्द्र अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, मनुप्रसाद शर्मा र गोपालप्रसाद सुवेदीलाई सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै वीरगञ्जस्थित सहायता केन्द्रका लागि पूजा खेतान र अमृत राणा तथा चन्द्रनिगाहपुर सहायक केन्द्रका लागि विशाल शर्मा र रवि थापालाई सम्पर्क व्यक्ति तोकिएको छ ।
हरिवन सहायता केन्द्रका लागि सुनित श्रेष्ठ र सुमन सिंहलाई जिम्मेवारी दिइएको छ भने जनकपुरका लागि उत्सुक श्रेष्ठ र ईश्वर अचार्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लहानस्थित सहायता केन्द्रका जिम्मेवारी मुकेशकुमार साह र प्रदीपकुमार साहलाई दिइएको प्रमुख साहले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार