पाँचौं संक्रमित फेला बेल्जियमबाट आएकी युवती
नेपालबहस संवाददाता
चैत १५, २०७६ शनिबार २३:३:३८
१५ चैत्र, काठमाडौं । आज थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी गरिएको छ । बाग्लुङ घर भएकी २२ बर्यीया ती युवती गत चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । अब नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरिएको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने – संक्रमित युवती बाग्लुङस्थित आफ्नै घरमा आइसोलेसनमा छिन्, अब हामी उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेका छौं ।
यसअघि फ्रान्सबाट आएकी १९ वर्षीया युवती पनि सोही विमानमा सवार थिइन् । फ्रान्सबाट आएकी युवतीमा भाइरसको संक्रमण देखिएपछि विमानमा सवार बाँकी १५८ यात्रुको खोजी गरिएको थियो । यसैक्रममा बाग्लुङकी युवती सम्पर्कमा आएकी थिइन् ।
ती युवतीको खकार र रगतको नमूना धौलागिरी अञ्चल अस्पतालमा लिई काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो । परीक्षणपछि आज नै कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार